जबराविरुद्धको महाभियोग आगामी संसदले हेर्छ : सभामुख सापकोटा

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च अदालत जाने भएका छन् । आफूले महाअभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको भन्दै जबरा सर्वोच्च जान लागेका हुन् ।

यता सर्वोच्चले भने त्यससम्बन्धी कुनै जानकारी नभएको बताएको छ। सर्वोच्चका एक न्यायाधीशले पनि अदालतमा संसदबाट महाअभियोग निष्प्रभावी भएको भन्ने पत्र नआएको पुष्टि गरे। त्यस्तो पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने बताइएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावलाई नवनिर्वाचित आगामी प्रतिनिधिसभाले अगाडि बढाउने बताएका छन्। उनले जबरा सर्वोच्च जान नमिल्ने प्रतिक्रिया दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार