काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च अदालत जाने भएका छन् । आफूले महाअभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको भन्दै जबरा सर्वोच्च जान लागेका हुन् ।
यता सर्वोच्चले भने त्यससम्बन्धी कुनै जानकारी नभएको बताएको छ। सर्वोच्चका एक न्यायाधीशले पनि अदालतमा संसदबाट महाअभियोग निष्प्रभावी भएको भन्ने पत्र नआएको पुष्टि गरे। त्यस्तो पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने बताइएको छ ।
राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।