प्रिओपन सेसनमा नेप्से परिसूचक बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ। बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो।

प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ। २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार