राजा वीरेन्द्रको वंशनाश हुने नारायणहिटी काण्डका २० वर्ष, रहस्यमै दरबार हत्याकाण्ड

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । विसं ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदा सहितको ज्यान गएको थियो ।

हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुलाई नेपाली सेनाको छाउनी अस्पताल पुर्‍याइएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।

हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रंसगका कारण दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।

यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १८ बर्ष सम्म यर्थाथ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

त्यसदिन के भएको थियो दरबारमा ?

आजकै ठीक २० वर्षअघि २०५८ साल माघ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी दरबारभित्र त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटमा गोली चलेर तत्कालीन राजा विरेन्द्र शाहको वंशनाश भएको थियो ।

उच्च सुरक्षामा रहेको राजदरबारभित्र कसरी त्यत्रो हत्याकाण्ड सफल भयो रु अहिले पनि रहस्यकै गर्भमा छ । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती शाहको हत्या भएको थियो । सोही घटनामा वीरेन्द्रका भाइ राजकुमार धीरेन्द्र, बहिनीहरू राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, र ज्वाइँ कुमार खड्गलगायत मारिएका थिए ।

दरबार हत्याकाण्डपछि गठित उच्चस्तरीय छानबिन समितिले त्यो घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । समितिको प्रतिवेदनमा युवराज दिपेन्द्रले परिवारका सबै सदस्यहरुलाई गोली हानेर अन्तिममा आफैलाई गोली हानेको छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

राजा वीरेन्द्रको निधन भएपछि अस्पतालको कोमामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । युवराज दिपेन्द्रको मृत्युपछि राजा वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । ज्ञानेन्द्र राजा भएपछि सत्ताहातमा लिएर तानाशाह बन्ने प्रयास पनि गरे । २०६२र६३ को जनआन्दोलनपछि पुनस्थापित व्यवस्थापिका(संसदले नेपालमा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्‍यो ।

मुलुकमा राजतन्त्र हटेर गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको नमिठो संझना अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि नेपाली जनतालाई झस्काउने गर्छ । अनेक आशंका र अनुमान गरिएको दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार