निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

'एकीकृत समाजवादी बनेन राष्ट्रिय दल'

काठमाडौँ– समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । समानुपातिकमा कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । राप्रपाले समानुपातिकमा ७ सिट जित हात पारेको छ । त्यस्तै जनमत पार्टी र जसपाले ५– ५ सिट समानुपातिकमा पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार