स्पेनको टिकीटाका हराएजस्तै नेपालमा बाम एकताको विषय हरायो : गोकुल बास्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटले बाम एकताका स्वर हराउन थालेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत बास्कोटाले कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका विधि हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताको स्वर पनि हराउन थालेको बताएका हुन् ।

उनले लेखेका छन् , ‘ कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन।केही जनमत र केही हर्कतबाट कांग्रेस ठुलो भै सक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृती काम छैन।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार