१८ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैङ्कले ल्यायो १८ वटा सुविधासहितको सेभिङ्ग खाता

सानिमा बैङ्कले १८ औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधा सहितको जेनेरेसन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरूलाई लक्षित गरी ल्याइएको बचत खाता हो ।

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैङ्कले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरिका भिसा नेटवर्क ए.टि.एम.मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम÷छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरूको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था ल्याएको छ ।

यस खाताले युवा वर्गहरू बिच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढवा दिने बैङ्कको विश्वास रहेको छ ।

सानिमा बैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ वटा ए.टि.एम. सञ्जालहरू सञ्चालनमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार