प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगसमक्ष पेस गरेका छन् । मंगलबार देउवाले चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत आयोगलाई बुझाएका हुन् ।

आयोगलाई देउवाले बुझाएको विवरण अनुसार उनको चुनावी खर्च २६ लाख १२ हजार रहेको छ । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।

आयोगल डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१)को लागि २१ लाख र प्रदेशसभा (२) को लागि १९ लाख खर्चको सीमा तोकेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार