शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो

काठमाण्डौ – शेयर बजार लगातार दोस्रो दिन आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एनएमबी बैंकको शेयर सबैभन्दा धेरै छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार