काठमाडौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।
गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी ‘आत्मदाह’को प्रयास गरेकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा उनलको मृत्यु भएको थियो ।
किशोरीका आफन्तका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ । केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् ।
घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।