प्रधानमन्त्रीमा सहयोग गर्न देउवाले गरेको आग्रह शंशाकले गरे अस्वीकार

'आफूलाई प्रधानमन्त्री बनाउन शंशाकको आग्रह'

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्वमहानमन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न शशांक आज मंगलबार विहान बालुवाटार पुगेका थिए ।

भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न आग्रह गर्दै भोट मागेका थिए । जवाफमा कोइराला हाँसे मात्र । त्यस लगत्तै कोइराला ‘फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ’ भन्दै बाहिरीएका थिए । शशांक आफै पनि यो पटक प्रधानमन्त्री हुने दौडमा छन् । उनले आफू प्रधानमन्त्रीको सबैभन्दा योग्य व्यक्ति भएको बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार