महाकाली नदीमा एकलौटी संरचना बनाउन मिल्दैन : एमाले

सरकारको मौनताप्रति एमालेले उठायाे प्रश्न

काठमाडौं – नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा संरचना बनाउन नमिल्लने बताएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले सामाजिक सञ्जालमार्फत महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने बताएका छन् ।

महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको हो ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन । नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’ भट्टराईले लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार