रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सभापतिमा राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन नेता, कार्यकर्ताले माग गरेका छन् ।
सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।
जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ।
न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो।
विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ।
न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।