महन्थ र उपन्द्रसँग निर्वाचन आयोगले माग्यो ढाँचाअनुसारको पत्र

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीको ढाँचाअनुसार नमिलेको बताएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर कारबाहीको माग गरेको पत्रको ढाँचा नमिलेको भन्दै आयोगले दुवै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । साथै आयोगले केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न पनि माग गरेको छ ।

हेर्नुहोस् अनुसूची १८ को निवेदन 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार