ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने

कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो ।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो । दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो ।

ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ । ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ ।

यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो । उनले समूह चरणका दुई खेल गुमाएका थिए । यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार