थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

Sunrise Bank Middle Size

नेपालमा बुधबार थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । हालसम्म ७ हजार ५ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ५ हजार २१९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ५९ हजार ५६३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...