आज बस्ने भनिएको एमालेको स्थायी कमिटी बैठक स्थगित

आज अपरान्ह ४ बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक स्थगित गरिएको जनाइएको छ । भोलि अपरान्ह ४ बजे बस्ने गरि बैठक स्थगित भएको एमालेले जनाएको छ ।

यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार