नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणलाई बेन्चमा राख्दा नेपालले मैदानमा दुई स्पिनर मैदान उतारेको छ । आजको खेलमा नेपालले करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार