विश्वकपमा आज उपाधि दाबेदारहरु भिड्दै

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् ।

पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् ।

यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ । यस्तै दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन् । यो खेला राति १२:४५ बजे सुरु हुँदैछन् ।

यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । अरु तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावनाकायमै राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार