फ्रान्सले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो ।

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।

फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार