सुकुम्बासी समस्या समाधानका संघीय सरकारले पहल गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा देखिएको सुकुमवासी समस्या समाधानका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले काठमाडौंमा देखिएको अराजकता र राज्यविहीनताले धेरै पर सम्म असर गर्ने उल्लेख गर्दै उक्त विषय सरकारले समाधान गर्नुपर्ने बताए।

सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाउन खोजेपछि निम्तिएको परिस्थितिबारे बोल्दै मेयर साम्पाङले यस्तो बताएका हुन्।

‘काठमाडौंमा देखिएको अराजकता र राज्यविहीनताले धेरै पर सम्म असर गर्दछ। यो विषय गम्भीर छ। सरकारले समाधानको पहल गरोस्,’ मेयर साम्पाङले भनेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार