सुकुम्बासीको व्यवस्थान गर्न बाबुरामले दिए यस्तो सुझाव

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासीहरूको समस्या समाधानका उपाय बताएका छन्। २०६८ सालमा आफू प्रधानमन्त्री हुँदा उपत्यकाका सुकुम्बासीहरूको समस्या समाधानका लागि बालाजुस्थित रानीवन नजिकै बनेको अपार्टमेन्टमा सुकुम्बासीहरूको व्यवस्थापन हुनुपर्ने उनले सुझाव दिएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले ‘गाँस, बास र कपास’ सबै नागरिकको मौलिक अधिकार भएको र त्यो पूरा गर्नु सबै तहका सरकारको दायित्व भएको उल्लेख गर्दै आफ्नो पालामा सुरू भएको निर्णय र नीति कार्यान्वयन गर्न राज्यलाई सुझाव दिएका हुन्।

‘गास, वास, कपास अथवा खाना, छाना, नाना सबै नेपाली नागरिकको मौलिक अधिकार हो र त्यसको व्यवस्था गर्नु सबै तहका सरकारको राजकीय दायित्व हो। हाम्रो संविधानको मूल मर्म यही हो। यसमा कसैले पनि किन्तुपरन्तु नगरौं र आरोपप्रत्यारोप नगरौं।आवासविहीन सुकुम्वासीहरूको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौं,’ उनले भनेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार