बागलुङबाट नक्कली प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बागलुङबाट नक्कली प्रशासकीय अधिकृत पक्राउ परेका छन् । गोरखा शहिद लखन गाउँपालिका वडा नं ०४ का आकाश चन्द्र परियार परियारलाई प्रहरीले आफू प्रशासकीय अघिकृत भएको भनि ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, .६३ हजार नगद, पेनड्राईभ लगायतका सामाग्रीहरु बरामद गरेको छ । उनीमाथि थपअनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार