एकै ओभरमा ७ छक्का प्रहार

काठमाडौँ – भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । आज सोमवार महाराष्ट्र र उत्तर प्रदेशबीच भएको विजय हजारे ट्रफीको क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९ औँ ओभरमा सात छक्का प्रहार गरेका हुन् ।

४९ औँ ओभरको एक बल नो बल थियो । यसरी उनले एक ओभरमा ४३ रन बनाए । उत्तर प्रदेशको तर्फबाट शिवा सिंहले बलिङ गरिरहेका थिए ।

रुतुराज गायकवाडले यस खेलमा सानदान दोहोरो शतक पनि बनाए । उनले लिस्ट ुएु करियरमा पहिलो पटक दोहोरो शतक प्रहार गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार