बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

'सरकार निमार्णबारे छलफल, सत्ता गठबन्धनलाई नै निरन्तरता दिने सहमति'

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

सत्तारुढ गठबन्धन आबद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढ्ने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्योल हुने भएपछि सत्तारुढ गठबन्धनले आवश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार