सेती नदीको किनारमा महिलाको शव भेटियो

तनहुँमा एक महिला मृत भेटिएकी छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन् । हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार