घट्यो सुन र चाँदीको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ काम गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार