चीनले बनाएको सिनोभ्याकको खोपलाई डब्लुएचओले दियो अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले बनाएको अर्को खोपलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ ।

चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्लुएचओले मंगलबार अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ ।

यो खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ । सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ । यो खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ ।

डब्लुएचओले फाइजररबायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनका मुलुकमा उत्पादन गर्न लागेका खोपलाई पनि प्रयोग अनुमति दिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार