यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ शून्य पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ५८ पैसा र बिक्री दर १३६ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ७२ पैसा र बिक्री दर १५८ रुपैयाँ ४४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार