विश्वकप फुटबल : जापानविरुद्ध कोस्टारिकाको संघर्षपूर्ण जित

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा जापानविरुद्ध कोस्टारिकाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार अहमद बिन अलि रंगशालामा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाका लागि फुलर स्पेन्सले खेलको अन्त्यतिर गोल गरेका थिए ।

पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैं स्तब्ध हुनुपर्यो । खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको सदुपयोग गर्न नसक्दा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सकेन । यता कोस्टारिकाले भने पहिलो खेलमा ७–० को हारबाट सानदार पुनरागमन गरेको छ ।

यस नतिजाले समूह ई मा भने जर्मनीको सम्भावना खुला भएको छ । समूहमा स्पेन, जापान र कोस्टारिकाको समान ३–३ अंक छ । आज जर्मनीले मध्यरातमा हुने खेलमा स्पेनको सामना गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार