काठमाडौँ – नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले सांसद प्रशिक्षण पूर्वाधार विकास जस्तो नभएको बताएकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत भुसालले विदेशी सहयोग लिएर सांसद प्रशिक्षण गर्दा देशको मूल थलोमा विचलन निम्तिने भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
‘सांसद प्रशिक्षण पूर्वाधार विकास जस्तो होइन । विदेशी सहयोग लिएर सांसद प्रशिक्षण गर्दा देशको मूल थलोमा विचलन निम्तिन्छ, बेलैमा सोचौं ।’ उनले लेखेकी छन् ।