राजेन्द्र महतो सर्लाही–२ बाट पराजित, राय विजयी

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् । धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् ।

विजयी महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजेन्द्र २१ हजार ५१८ मतमा सीमित भए ।संविधानसभा निर्वाचन–२०७० मा पनि सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार