समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, तेस्रो स्थानमा उक्लियो माओवादी

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । सुरुवातदेखि चौथो स्थानमा रहेको माओवादी आठ लाख ७५ हजार ८५१  मतसहित तेस्रो स्थानमा उक्लिएको हो ।

एमाले पहिलो स्थानमा कायमै छ । एमालेले २० लाख ३८ हजार ९५७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ४५ हजार ६३१ मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार