एकीकृत समाजवादीलाई ‘थ्रेसहोल्ड’ पार गर्न सकस

काठमाडौं – आम निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । समानुपातिक तर्फको जारी मतगणनामा एमालेले १७ लाख ७७ हजार ६८१ मत प्राप्त गर्दै पहिलो सथानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८१ हजार ६७० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ६० हजार, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ४२ हजार तथा पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८९ हजार मत प्राप्त गरेका छन्।

अहिलेसम्मको मतपरिणाम अनुसार यिनै दलले मात्र ‘थ्रेसहोल्ड’ पार गरेका छन्। छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख १३ हजार मत प्राप्त गरेको छ।भने सातौ स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ६५ हजार १५७ मत प्राप्त गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार