१५० स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौं – आम निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म १६५ प्रतिनिधिसभा सदस्यमध्ये १५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ४९ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले ३८ सिट जितेको छ। यस्तै माओवादी केन्द्रले १६ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थानमाजित हासिल गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, त्यस्तै जनता समाजवादी पार्टीले ५ सिट जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १्१ सिट हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवार आठ सिटमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मतगणना हुन बाँकी छ। समानुपातिक तर्फको जारी मतगणनामा एमालेले १७ लाख ७७ हजार ६८१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८१ हजार ६७० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ६० हजार, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ४२ हजार तथा पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८९ हजार मत प्राप्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार