देश विकासमा लागि एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ : ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।

प्रतिनिधि सभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज शुक्रवार आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका हुन । उनले देशको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर पनि गरे । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले चुनावको निष्पक्षतामा प्रश्न गरे । उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे ।

झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाको वडा नम्बर ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उनी सीमावर्ती गौरीगञ्जसम्म पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार