निर्वाचनका गरेको सवै प्रतिबद्धता पुरा गर्छु : प्रेम आले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए ।

उनले भने, “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” उनले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उल्लेख गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार