एमाले उम्मेदवार ६ मतान्तरले विजयी, पुन: मतगणना गर्नुपर्ने कांग्रेसको माग

स्याङ्जा – स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ ।

फेदीखोला गाउँपालिका वडा नं. ५ को मतगणनाको क्रममा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको हो । यस क्षेत्रमा नेकपा एमालेका सुधिरकुमार पौडेल ६ मतान्तरले विजयी भएका थिए ।

कांग्रेसका नेता कार्यकर्ताले हराएको ८ मत खोज्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिएको कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना कुमारले जानकारी बताए । अहिले स्याङ्जा सदरमुकाममा कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार