सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङलाई साढे ११ हजारभन्दा बढी मतले हराएका हुन्।

अन्तिम मत परिणामअनुसार कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर ११ हजार ८ सय ७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले २ हजार ८ सय १९ मत ल्याएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरूङले २ हजार ४ सय ५२ मत प्राप्त गरेकी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार