ओली र प्रचण्डबीच टेलिफोन संवाद, मिलेर अघि बढ्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

टेलिफोन संवादमा उनीहरुबीच निर्वाचनको परिणाम र आगामी यात्राको विषयमा छोटो कुराकानी भएको बताइएको छ । प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

संवादमा ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार