सिरहा १ मा एमालेलाई सफलता

काठमाडौं । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको सो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित भएका छन् ।

एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गरेका छन् भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार