भन्सार छली गर्न खोज्नेलाई कारबाही

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले आर्थिक वर्ष २०७७/०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने ६ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपांग्रे गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ६३ लाख ३० हजार ३३ राजस्व संकलन भएको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सेन ओलीले जानकारी दिए ।

उनका अनुसार चौपाया, अण्डा, माछा तथा पशुपंक्षीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा ३६ लाख ६२ हजार ६ सय ३०, तस्करीको लताकपडा नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३ करोड ९ लाख २० हजार ३ सय २५, अवैध रुपले वन क्षेत्रबाट ल्याइएका सालका काठ नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख ६४ हजार ४ सयोवारमा ५० सङ्कलन भएको छ ।

सो अवधी तस्करीमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि गौर भन्सार र जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको ओलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार