गुल्मी– १ मा भण्डारीपछि परे, ज्ञवाली पाँच सय मतले अघि

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार छन् । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिनुभएको छ भने कहिले भण्डारी अघि देखिएका छन् ।

पछिल्लो परिणामअनुसार ज्ञवालीले अग्रता लिएका छन् । उनले १६ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् । उनहरूबीच ५ सय २३ मतको अन्तर रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार