देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : ताेसिमा कार्की

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् ।

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् । उनले संसदमा जनमुखी मुद्दाहरू उठाउने बताए ।

उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् ।उनले मतदाताहरूलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार