कैलाली १(१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । जसपालाई नेकपा ९एमाले०को समर्थन रहेको थियो । यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो ।

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन् । प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार