उपत्यकामा एक साता निषेधाज्ञा थप्नुपर्ने तीन प्रजिअको निष्कर्ष, अन्तिम निर्णय भोलि

उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ । तर यसबारे आधिकारिक निर्णय भने भोली बुधबार लिइने काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीले जानकारी दिए ।

अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने उनले बताए । कोरोनाभाइरस संक्रमण कम नभएको भन्दै उपत्यकामा जेठ १४ गतेदेखि २० गतेसम्म खाद्य पसलहरु पनि नखुल्ने गरि निशेधाज्ञा थप गरिएको थियो ।

पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सकिनै लाग्दा तिनै जिल्लाका प्रजिअहरुले बैठक बसेर केही खुकुलो गरि एक साता निषेधाज्ञा थप्न लागेको हुन् । कोरोनाको दोस्रो लहर देखिएपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार