जितेपछि रविले भने – ‘आजैबाट काम थाल्नेछु’

काठमाडौं । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् । आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने उनको भनाइ छ ।

‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट जाँच दिन जाँदैछु, जसको परीक्षा ५ वर्षपछि मात्र आउनेछु ।’

उनले विजय र्‍यालीको साटो धन्यवाद सभा गर्ने उल्लेख गरेका छन् । त्यहाँ आउनेहरुलाई फूलमाला, अविर वा खादा नल्याउन उनको आग्रह छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार