निर्वाचन आयोगमा ठाकुरको काउण्टर पत्र- यादवको नाम दर्ता किताबबाट हटाइयोस्

जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद थप उत्कर्षमा पुगेको छ । मंगलबार दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीका नेताहरुलाई कारवाही गर्ने र पार्टीभित्र फुटको सिर्जना गर्न खोजेकाले अध्यक्ष यादवलाई कारवाही गरिएको जसपा महन्थ पक्षका नेता प्रमोद साहले जानकारी दिए ।

ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई काउण्टर पत्र पठाएका छन् । ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।

पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार