रूपन्देही-२ मा विष्णु पौडेलको अग्रता

रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १५,५६७ मत पाएका छन्।

यस्तै, उनका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल छन्। अहिले उनको मत १४ हजार ७३० छ।उनीहरूबीच ८३७ मतको अन्तर छ।तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले १४,५४५ मत पाएका छन् । अहिलेसम्म ४३,२५६ मतगणना भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार