विवेकशील साझाका संस्थापक थापाको निधन

विवेकशील साझा दलका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पुष्टि गरेका छन् ।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो । उनमा कोरोना संक्रमण र निमोनिया देखिएको थियो ।

Loading...